शुक्रबार नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची तय « प्रशासन
Logo २ असार २०८१, आइतबार
   

शुक्रबार नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची तय


१० जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभाले शुक्रबार नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ ।

सभामुख देवराज घिमिरेसँगको समन्वयमा संसद् सचिवालयले शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी सम्भावित कार्यसूची तय गरेको हो ।

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।

सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछ । प्रतिनिधि सभामा जम्मा दुई वटा संशोधनको सूचना दर्ता भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस