आज सुनचाँदीको मूल्य घट्यो « प्रशासन
Logo २ असार २०८१, आइतबार
   

आज सुनचाँदीको मूल्य घट्यो


१० जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेर कारोबार भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस