२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुमधामका साथ उभौली मनाउँदै किरात समुदाय

अ+ अ-

कटारी (गाईघाट) । पूर्वका किरात बस्तीहरूमा आजदेखि उभौली पर्व प्रारम्भ भएको छ । वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किरात राईहरूले धुमधामका साथ यो पर्व मनाउ छन् । 

किरात राईको बसोबास रहेका पूर्वी पहाडी जिल्लाका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ, तथा राजधानी काठमाडौँलगायत सहरमा यो पर्व धुमधामका साथ मनाइदै छ ।  

उभौली पर्व वसन्त ऋतुमा बालीनाली राम्रो होस् सबैमा सुख शान्ति रहोस् र दैवीप्रकोप तथा विपत्ति नआउन भनी कृषि युगदेखि नै मनाउन थालिएको किरात संस्कृतिका अध्येता शुभराज राईले बताए । त्यसैगरी उँभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेँसीतिरबाट लेकतिर सर्ने सङ्केत गर्न तथा अन्नबाली लगाएको खुशियालीमा मनाइन्छ । 

प्रकृति पूजक किरात समुदायले नदी तथा खोलामा माछा उकालो (उभो) पानी आउने ठाउँतिर बसाइ सरेको समयलाई उभौली भनेको पाइन्छ । भाषा, संस्कार तथा संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उभौलीका अवसरमा संसारभर छरिएर रहेका किरात आपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउँदै आएको किराया उदयपुरका सदस्य निशान राईले बताए । 

उभौलीका अवसरमा सामूहिक रूपमा भेला भई दुःख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा साकेला नाचिन्छ । राईहरू हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर साकेला नाच्दै यो पर्व मनाउ“छन् भने सुनुवार ढोल बजाएर स्यादर नाच्छन् । हाल युवापुस्तामा साकेलाको आकर्षण बढ्दै गएको छ । युवाले साकेलामा माया प्रेमका शब्दहरूलाई जोडेर गाउने चलन पनि बढ्दै गएको छ । किरात बस्तीमा प्रशिक्षण नै सञ्चालन गरी साकेला नाच नाचिन्दैछ । 

यसैबीच, खोटाङबाट रासस समाचारदाताले पठाएको समाचारअनुसार साकेला उभौलीको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाच्ने गरिन्छ । घर–घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै गोलो घेरामा साकेला नाच्ने गरिन्छ । जिल्लाको किरात ऐतिहासिकस्थल तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुङ, रुपाकोट, मेरुङ, जन्तेढुङ्गा, छोङ्खालगायतका धार्मिक तथा पर्यटकीयस्थलका साथै साकेला थानमा साकेला नाचिन्छ ।

किराती राई समुदायको घनाबस्ती रहेको माझ किरात खोटाङका हरेक गाउँ तथा बस्तीहरूमा साकेला सिली प्रदर्शन गर्दै उँभौली चाड मनाउने गरिएको छ । छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरा सुरुवाल, ढाका टोपी किराती मौलिक भेषभूषामा ठाँटिएर हरेक किरातीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो पर्वमा किरात समुदाय मात्र नभई गैरकिरात समुदायका युवायुवतीहरूसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गर्छन् । 

बालकदेखि वृद्धवृद्धासम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले यो आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गरिन्छ । हात/खुट्टाको चालले पङ्तिबद्ध रूपमा साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रियाहरू प्रदर्शन गरिन्छ ।

किरात ऐतिहासिकस्थल मझुवागढीबाट औपचारिकरुपमा सुरुआत गरिने साकेला उभौली महिना दिनपछि दिक्तेलको माटीकोरे खेल मैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गर्ने चलन छ । समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घ संस्थाका प्रतिनिधिलगायतलाई सहभागी गराएर साकेला सिली नाचिन्छ । 

साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा साकेला नाच नाच्दै धुमधामका साथ मनाउने गरिएको छ । साकेला उभौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाड मान्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस