२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रायल सेन्टरहरूमा एडिटिटी प्रणाली कार्यान्वयन गर्न विभागको आग्रह

अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले अटोमेटेड ड्राइभिङ टेस्ट ट्र्याक (एडिटिटी) प्रणाली कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । ट्रायल सेन्टरहरूमा एडिटिटी प्रणाली जडान गर्न विभागले बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको हो ।

यातायात व्यवस्था कार्यालयहरूले लिने ट्रायल परीक्षामा परीक्षार्थी उत्तीर्ण भए पनि अनुत्तीर्ण हुने गरेको र अनुत्तीर्ण पनि उत्तीर्ण भएको गुनासो सेवाग्राहीबाट आएपछि ट्रायल परीक्षालाई पारदर्शी र गुनासोरहित बनाउन एडिटिटी प्रणाली कार्यान्वयन गर्न विभागले भनेको हो । ‘ट्रायल परीक्षाको नतिजा कुनै व्यक्ति विशेषले नभई प्रविधिले वैज्ञानिक तवरले निर्धारण गर्न ट्रायल परीक्षा सञ्चालनको अनुमति प्रदान गर्दा, अनुमतिपत्रको नवीकरण गर्दा एवं रोकिएको ट्रायल परीक्षा पुनः सुचारु गर्दा अटोमेटेड ड्राइभिङ टेस्ट ट्र्याक (एडिटिटी) प्रविधि जडान गर्ने ट्रायल सेन्टरलाई मात्र अनुमतिपत्र, नवीकरण तथा पुनः ट्रायल परीक्षा सुचारु गराउने अनुमति प्रदान गर्न विभागको मङ्गलवारको निर्णयअनुसार अनुरोध छ,’ विभागको निर्णयपत्रमा उल्लेख छ ।

विश्वका अधिकांश मुलुकहरूले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाको दौरान परीक्षार्थीको पास/फेलको अवस्था मानवीय मूल्यांकन (ह्युमन जजमेन्ट)बाट निर्धारण नगरी ट्रायल सेन्टरमा जडान भएका उच्च प्रविधियुक्त क्यामेरा (हाई डेफिनेसन इन्टेलिजेन्ट क्यामेरा) एवं आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) प्रविधिद्वारा वैज्ञानिक ढंगले निर्धारण गर्ने गरेको सन्दर्भ उल्लेख गर्दै विभागले यातायात कार्यालयलाई पनि यस्ता प्रविधि प्रयोग गर्न अनुरोध गरेको हो । राष्ट्रिय सतर्कता केन्द्रलाई बोधार्थ दिएर विभागले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालयहरू एकान्तकुना, ठूलोभर्याङ, भक्तपुर, चाबहिल र चितवनलाई बोधार्थसहित कार्यार्थ दिएको छ ।

यसअघि सतर्कता केन्द्रले गरेको छानबिनमा काठमाडौँ उपत्यकाका ट्रायल सेन्टरहरूले मापदण्ड पालना नगरेको पाइएको थियो । सतर्कताको निर्देशनपछि ट्रायल सेन्टरहरूले मापदण्ड अनुसारको ट्रायल स्पट निर्माण गर्दै छन् ।

सम्बन्धित समाचार : मापदण्ड अनुसार ट्रायल स्पट बनाउँदै ट्रायल सेन्टर

सम्बन्धित समाचार : मापदण्डविपरीतका ट्रायल सेन्टर बन्द गर्न सतर्कता केन्द्रको निर्देशन

प्रतिक्रिया दिनुहोस