२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सा शिक्षा छात्रवृत्तिमा छुटेका ८ विद्यार्थी बङ्गलादेश पढ्न जान पाउने

अ+ अ-

काठमाडौँ । बङ्गलादेश सरकारले चिकित्सा शिक्षा अध्ययनका लागि दिने छात्रवृत्तिमा छुटेका ८ नेपाली विद्यार्थी पढ्न जान पाउने भएका छन् ।

छुटेका ८ विद्यार्थीलाई पनि भर्ना लिने निर्णय भएको कूटनीतिक पत्रमार्फत नेपाल सरकारलाई जानकारी दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

बङ्गलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न जान नेपाल सरकारबाट १९ जना एमबीबीएस र ३ जना बीडीएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश पठाएको थियो । बङ्गलादेश सरकारले अन्तिम सूचीमा १२ जनाको मात्रै नाम पठाएको थियो । मन्त्रालयले पठाएको सूचीमा परेका २ जनाले भने आवेदन दिएका थिएनन् ।

सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपालका लागि बङ्गलादेशी राजदूतसँग छलफल गरेकी थिइन् ।

परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई कूटनीतिक नोट पठाएकोमा त्यसको जवाफमा बङ्गलादेशले छुटेका ८ जनालाई समेत समावेश गर्ने निर्णय गरिएको कूटनीतिक नोटमार्फत नै जानकारी दिएको मन्त्रालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बुधबार सम्बन्धित विद्यार्थीहरूलाई मन्त्रालयमै बोलाएर बङ्गलादेशमा अध्ययनका लागि शुभकामना दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस