सिरोहियालाई गिरफ्तार गर्नु निन्दनीय : माधव नेपाल « प्रशासन
Logo ७ श्रावण २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सिरोहियालाई गिरफ्तार गर्नु निन्दनीय : माधव नेपाल


९ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु निन्दनीय भएको बताएका छन् ।

‘अध्यक्ष सिरोहियालाई पक्राउ गरेको कुरा सुनेर म अचम्मित भएको छु । र दुःख पनि लागेको छ, ‘बुधबार सप्तरीको राजविराजमा सञ्चारकर्मीहरूसित कुरा गर्दै नेपालले भने, ‘यो कस्तो देश भयो ? स्वच्छ मिडिया राम्रो मिडिया चलाएबापतको दण्ड हो कि ? कुनै बदलाको भावनाले यो भएको हो कि ?’

अध्यक्ष नेपालले कैलाश सिरोहिया जनकपुरको बासिन्दा हो भनेर सबैलाई थाहा भएको बताए । ‘सबैलाई थाहा छ कि कैलाश सिरोहिया जनकपुरकबासी हो । सारा परिवारको बसोबास यही छ । कैलाश सिरोहियालाई नेपालको नागरिक हो कि होइन भन्ने कुरामा गिरफ्तार गर्नु अत्यन्तै निन्दनीय कुरा हो, ‘उनले भने, ‘एउटै नम्बरको दुईवटा नागरिकता परेको छ भने त्यो दोष नागरिकता पाउने मान्छेको होइन, प्रशासनको हो ।’

उनले कुनै कुरा बुझ्नका लागि व्यक्तिलाई पक्राउ नै गर्नुपर्छ भन्ने कानुनी व्यवस्था समेत नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस