१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिजिटल युगमा प्रविधिको उच्च उपभोग गर्दै ललितपुर महानगर

अ+ अ-

काठमाडौँ । सूचना प्रविधिलाई संघीय सरकारले आर्थिक समृद्धि र सुशासनको प्रमुख आधारका रूपमा लिइरहँदा स्थानीय सरकारले पनि सेवा प्रवाहमा यसको उच्च उपभोग गर्न थालेका छन् । यसको प्रमुख उदाहरण हो, ललितपुर महानगरपालिका । ललितपुर महानगरपालिकाले छिटो–छरितो र चुस्त–दुरुस्त सेवा प्रवाहका लागि डिजिटल युगमा सूचना प्रविधिको उच्च प्रयोग गरिरहेको छ । महानगरपालिकाले डिजिटल प्रविधिको प्रयोग गर्दै डिजिटल नागकि वडापत्रको व्यवस्था गरेको छ ।

ललितपुर महानगरपालिका सामान्य प्रशासन महाशाखा प्रमुख देव गुरागाईका अनुसार डिजिटल नागरिक वडापत्र सबै स्थानमा राखिएको छ । ‘पालिकाबाट प्रदान हुने सेवाहरु त्यसमा समावेश गरिएको छ । कति समयमा सेवा प्रदान हुन्छ, कागजातहरु के के चाहिन्छ भन्ने कुराहरु उल्लेख छन्,’ उनले भने, ‘जनजीवन, सेवा प्रवाह, महानगरले प्रदान गर्ने सेवा सुविधाका बारेमा पनि जानकारी होस् भनेर एलएमसी अलर्ट राखेका छौँ । यस मार्फत पनि गुनासोहरु राख्न सकिन्छ ।’

यसैगरी आफ्नो क्षेत्रभित्र पर्ने समस्याको गुनासो, सूचना र उद्धारको लागि मोबाइल एप महानगरले ल्याएको छ । महानगर प्रहरी मार्फत सञ्चालन हुने उक्त एपबाट महानगरभित्र आगलागी भएको, ढल, मंगाल फुटेको, विपद् व्यवस्थापनको लागि तत्काल गर्नुपर्ने कामदेखि फुटपाथ अतिक्रमण, सार्वजनिक जग्गा अतिक्रमणको गुनासो महानगर प्रहरीलाई सन्देश दिन मिल्ने व्यवस्था गरिएको छ । ‘सेवा प्रवाहमा शून्य सहनशीलता नीति अबलम्बन गरिएको छ । मुस्कान सहितको सेवा हाम्रो चाहना हो’, गुरागाईले भने ।

सूचना प्रविधिको प्रयोग गरेर अनलाइन पेमेन्ट, गरिब घरपरिवार पहिचान, डिजिटल स्वास्थ्य प्रोफाइल जस्ता सेवा पनि महानगरपालिकाले सञ्चालन गर्दैछ । ‘अहिलेको जवाना भनेकै डिजिटलको जवाना हो । अधिकांश काम डिजिटल नै छ’, स्थानीय सैसब राई भन्छन्, ‘अझै सबै काम डिजिटल नै बनायो भने यताउता कुद्नुपर्ने थिएन ।’

वडा नं. २९ का दिपेन्द्र थापाका अनुसार डिजिटल सेवाले थप सहज बनाएको छ । ‘सेवाग्राहीले स्क्रिनमा हेरेर आफूलाई आवश्यक परेको सेवा बारे जानकारी लिएको देख्दा खुसी लाग्ने गरेको बताउँछन्, वडा नं. २७ का वडाध्यक्ष कृष्णहरि महर्जन ।
महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नं. ९ का वडाध्यक्ष राजु महर्जनले सेवा प्रवाह सहज गर्नका लागि अनलाइन सिस्टममा गएको बताए । ‘राजस्व सेवा पनि अनलाइन मार्फत हुने गरेको छ । घरबाटै पनि सेवा लिन सकिन्छ,’ महर्जनले भने, ‘नक्सा सम्बन्धी सेवा पनि अनलाइनबाट प्रदान गर्ने गरिएको छ । नक्सा दर्ता भएपछि आफ्नो काम के भइरहेको छ, कहाँ पुुगेको छ अनलाइनबाटै जानकारी पाउन सक्ने व्यवस्था मिलाइएको छ । सेवाग्राहीले एसएमएसबाट पनि सेवा प्रवाह बारे जानकारी दिने व्यवस्था मिलाइएको छ ।’

अनलइन प्रणालीको प्रयोगले राजस्व तिर्ने भन्दा बढी भाडा खर्चेर आउनुपर्ने पहिलेको बाध्ययता अहिले हटेको छ । महानगरपालिका जिन्सी व्यवस्थापन केन्द्रका बरिष्ठ अधिकृत सागर थापाका अनुसार नागरिकले कर तिरेकै कारण महानगरले आफ्नो तरिकाले काम गर्न पाएको छ । ‘कर्मचारीको तलब, जनप्रतिनिधिको भत्ता पनि करबाटै प्राप्त हुने हो,’ उनले भने, ‘महानगरबासीले नियमित रुपमा कर तिरेर सहयोग गर्नु भएको छ । महानगरले अघि सारेका योजनामा नागरिकहरुको साथ चाहिन्छ ।’

संस्कृति र सम्पदाले भरिपूर्ण ललितपुर महानगरमा यसको संरक्षण र सम्बद्र्धनमा स्थानीयको साथ र सहयोग निकै आवश्यक छ । वडा स्तरीय सबै योजना वडामै सम्झौता हुने गरेको छ । महानगरपालिकाले कानूनी दायराभित्र रहेर सेवा प्रदान गर्ने गरेको आर्थिक प्रशासन महाशाखा प्रमुख बिदुर कुमार धिमालले बताए । ‘भुक्तानीका लागि नीति अनुसार पेस भएका कागतपत्रको तीन दिनभित्र भुक्तानी दिने गरिएको छ । आज हुने आजै, आज नहुने भए भोलि र भोलि हुन नसक्ने भए पर्सीका लागि आउन भन्छौँ,’ उनले भने ।

बजेट निर्माण, बजेट निकासा, बजेट खर्चसम्मका कार्यलाई व्यवस्थित बनाउन र वित्तीय अनुसाशन कायम गराउन महानगरपालिकाले आफ्नो तर्फबाट पहल गरिरहेको छ । कम खर्च हुने गरी राय सुुझाव पनि दिने काम गरेको जानकारी दिँदै धिमालले भने, ‘यो वर्ष २०७९-८० को लेखा परीक्षण गर्दा शून्य दशमलव ९४ प्रतिशत बेरुजु आएको छ ।’

महागरपालिकाले नागरिकका समस्या र गुनासो थाहा पाउनका लागि सुुझाव पेटीको व्यवस्था गरेको छ भने सिसिटिभी पनि विभिन्न स्थानमा राखेको छ ।

सेवाग्राहीको पहिलो भेट जनप्रतिनिधिसँग
आफैले छानेको जनप्रतिनिधिले आफ्ना समस्याबारे सोधिदिँदा स्थानीय खुसी हुन्छन् । स्थानीयको यो खुसीलाई वडा नं. ३ का वडाध्यक्ष गोपाल महर्जनले उच्च प्राथमिकतामा राखेका छन् ।

वडा कार्यालयको ढोकाबाट छिर्ना साथ वडाध्यक्ष महर्जन भेटिन्छन् । यसले जनप्रतिनिधि र नागरिकबिचको सम्बन्धमा सुधार आउँछ, महर्जन बताउँछन् । कार्यालयको काउन्टरमा सचिवसहितका कर्मचारी रहन्छन् भने अर्को कक्षमा प्राविधिक कर्मचारीहरु रहन्छन् । जसले सेवा प्रवाहमा सहजता ल्याएको छ । ‘हाम्रोमा कर्मचारी पनि समाजवादतर्फ उन्मुख हुनुहुन्छ,’ महर्जन भन्छन्, ‘तहगत रुपमा तलमाथि भए पनि कर्मचारीहरु एकै स्थानमा बसेर काम गर्ने गर्नु भएको छ । कर्मचारीबाट पनि राम्रो सहयोग भएको छ ।’

वडा नं. २६ का वडाध्यक्ष सुरेश मर्जनलाई पनि स्थानीयले नबुुझेको कुरा सोध्छन् र आफूले बुुझ्ने गरी बताइदिन पाउँदा खुसी लग्छ । ‘सेवाग्राहीलाई मनैदेखि सहयोग गर्नु पर्छ भन्ने लागेको छ र तन मन धनले सहयोग गर्ने गरेको छु’, उनी भन्छन्, ’कुनै पनि सेवाग्राहीको फाइल टेवलमा पाँच मिनेट रहँदैन । प्रक्रिया पुरा गरेर आएको फाइल आउना साथ काम गरेको हुन्छ ।’ सात वर्षको अनुुभवमा आजसम्म कर्मचारीहरुलाई दोष लगाउने ठाउँ नभेटेको उनले बताए ।

वडा नं. २९ का वडाध्यक्ष गणेश कुमार महर्जनका अनुसार सेवा लिनका लागि आउने स्थानीय पहिलो पटक ठोक्किने भनेकै कर्मचारीहरुसँग हो । महानगरको बोर्ड बैठक र नगरसभाले पारित गरेका नीतिभित्र रहेर वडाले काम गरिरहेको उनले बताए । कर्मचारी र जनप्रतिनिधिहरुबीचको समन्वयले नै सेवा प्रवाह सहज बनेको वडा नं. २७ का वडाध्यक्ष कृष्णहरि महर्जनले बताए । महानगरले प्रत्येक वडामा पुुग्ने गरी कर्मचारीको व्यवस्थापन गरी दिएका कारण सेवा प्रवाह सहज भएको उनको भनाइ छ । ‘वडालाई कस्तो बनाउनु पर्छ भन्ने ढाँचा महानगरबाटै पारित गरेर तयार गरेर ल्याउँछौँ’, उनले भने, ‘वडाले के गर्नु पर्छ भन्ने सुझाव जनताबाट अपेक्षा गरेको छु ।’

वडा नं. २१ ले सेवा प्रवाह छिटो छरितो बनाउन कार्य विभाजन गरेर सेवा प्रवाह गर्ने गरेको छ । कर्मचारीहरुले गर्नुपर्ने काममा दोहोरो पन नआउने गरी जिम्मेवारी दिइएको छ । ‘दर्ता, राजस्व संकलन, सिफारिस, सर्जिमिन, योजना, लक्षित वर्गका कार्यक्रम प्रदान गर्ने गरिएको छ’, वडा नं. २१ का वडाध्यक्ष रबिन्द्र महर्जन भन्छन्, ‘चार किल्ला, सर्जीविन गर्ने, अनुुगमन, स्वास्थ्य, बाबालिका, महिलाका लागि अलगै रुपमा सेवा प्रदान गर्ने गरिएको छ ।’

स्थानीयबाट गुनासो नओस् भन्ने उद्देश्य राखेर काम गरिरहेका वडा नं. २५ का वडाध्यक्ष दौलत कुमार खत्री भन्छन्, ‘विकासमा फट्को मारेको स्थानीयबाट सुन्न पाउँदा खुसी लाग्छ ।’

प्रसंशनिय जनप्रतिनिधिको काम
कोरोना महामारीका बेला जनप्रतिनिधिले लगाएको गुन स्थानीयको मानसपट्टलमा ताजै छ । श्रीमानलाई हृदयघात हुँदा स्थानीय सरकारले ठूलो सहयोग गरेको वडा नं. ३ की रुबि रजत क्षेत्री सुनाउँछिन् ।

जनप्रतिनिधि गणेश रजत र रुपेश थापाले गंगागाल अस्पतालमा श्रीमान्को उपचारका लागि पुर्याएको सहयोग उनका लागि बिर्सन नै नसक्ने सहयोग हो । ‘कोरोनाका बेलामा पालिका र जनप्रतिनिधिले गरेको सहयोग प्रसंसनिय छ । स्थानीय रुपमा देखिएका समस्या बारे जानकारी गराउँदा पालिकाले तत्कालै एक्सन लिने गरेको छ,’ उनले भनिन् ।

वडा नं. २४ की नानी बानियाँले जनप्रतिनिधिहरुले राम्रो सहजीकरण गरेको बताइन् । वडा नं. १४ का गोविन्द आङ्बोङ् लिम्बुुले पनि महानगरबाट प्रदान हुने सेवा छिटोछरितो भएको महसुस गरेका छन् ।

महानगरपालिकाले पर्यटनसँगै शिक्षा, स्वास्थ्य र रोजगारीलाई पनि विशेष प्राथमिकतामा राखेको छ । वडा नं. २९ का मन्जिल ढकालका अनुसार भौतिक पूर्वाधारमा राम्रो काम भएको छ । ‘बाटो ठूलो बनाएको छ । पिच गरेको छ’, उनले भने । पाटनका रमेश बाराहीले अपाङ्गता भएकाहरुलाई ह्विलचियर दिएकोमा खुसी व्यक्त गरे । ‘अपाङ्गमैत्री संरचना अझ थप आवश्यकता छ,’ उनले भने, ‘रोजगारी दिए अझै राम्रो हुने थियो ।’

स्थानीय मनोज कुमार महर्जनले ऐतिहासिक सम्पदाको संरक्षण गरिरहेको र सम्पदा झल्कीने खालको काम भएको बताए । वडा नं. २१ का हरेराम डंगोलले भने, ढुंगा छाप्ने, इट्टा छाप्ने काम भएको छ । निर्माणको क्रममै छ । विकास निर्माणका लागि काम भइ रहेको छ ।’ बेलाबेला स्वास्थ्य परीक्षण हुँदा खुसी लागेको सुनाउँदै वडा नं. २९ का कृष्णराज महर्जनले भने, ‘वृद्धभत्ता समयमा नै पाउँदा खुसी छु ।’ वडा नं. ३ का राधाकृष्ण केसीले वडामा बन्दै गरेको स्वास्थ्य भवनले थप खुसी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस