२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी–२० क्रिकेट सिरिजमा अमेरिकासँग बंगलादेश ५ विकेटले पराजित

अ+ अ-

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेट अघि खेलिएको सिरिजमा बंगलादेशले अमेरिकासँग ५ विकेटले पराजय भोगेको छ । तीन खेलको सिरिजमा अमेरिकाले १–० को अग्रता बनाउन सफल भयो । पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

जवाफमा अन्तिम ओभरको ३ बल बाँकी हुँदा अमेरिकाले ५ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । अमेरिकाको जितको नायक २०१२ को अन्डर नाइनटीन विश्वकप जित्ने भारतीय टोलीका सदस्य हरमित सिंह रहे । उनले १३ बलमा नटआउट ३३ रनको पारि खेल्दै प्लेयर अफ दी म्याच पनि बनेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । यस अवधिमा टोलीका लागि सर्वाधिक रन तौहिद हृदयको ब्याटबाट आएको थियो । उनले ४७ बलमा चार चौका र दुई छक्काको मद्दतले ५८ रन बनाएका थिए । अनुभवी महमुदुल्लाहले २२ बलमा ३१ रनको योगदान दिए । तर, लिटन दास (१४), सौम्य सरकार (२०), कप्तान नजमुल हुसेन शान्तो (३) र शकिब अल हसन (६) ले ठूलो इनिङ खेल्न सकेनन् ।

जसका कारण टोलीले अपेक्षा अनुसार स्कोर गर्न सकेन । अमेरिकाका लागि स्टिभन टेलरले सर्वाधिक २ विकेट लिए । सौरभ नेत्रवलकर, अलि खान र जेसी सिंहले एक–एक विकेट हात पारे ।

१५४ रनको लक्ष्य पछ्याएको अमेरिकालाई चौथो ओभरमा पहिलो झटका लागेको थियो । कप्तान मोनांक पटेल १२ रन बनाएर २७ रनमा आउट भए । एन्ड्रियास गौस १८ बलमा २३ रन बनाएर पभेलियन फर्किए भने स्टिभन टेलर २९ बलमा २८ रन बनाएर फर्किए । थप दुई विकेट खसेपछि स्कोर ९४÷५ मा पुग्यो ।

बंगलादेशको टोली पुनरागमन गर्न सफल देखिएको थियो । तर यहाँबाट हरमित सिंह र कोरी एन्डरसनले अन्तिम अन्तिमतिर २८ बलमा ६२ रनको नटआउट साझेदारी गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका थिए । एन्डरसनले २५ बलमा नटआउट ३४ रन बनाए भने हरमितले १३ बलको सामना गर्दै नटआउट ३३ रनको इनिङ्स खेले । उनको इनिङ्समा दुई चौका र तीन छक्का पनि सामेल थिए । बंगलादेशका मुस्तफिजुर रहमानले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस