काठमाडौँ । सामुदायिक रेडियो अमरगढी एफएममा कार्यरत सञ्चारकर्मी भान बहादुर विक (भाष्कर) ले विद्यार्थीसँग जन्मदिन मनाएका छन् ।
आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई ट्रयाकसुट हस्तान्तरण गरेर जन्मदिन मनाएका हुन् । जन्मदिनको अवसरमा उनले ह्वाईटपार्क कलेज चिम्रीकोटका विद्यार्थिहरुलाई ६५ सेट ट्रयाकसुट हस्तान्तरण गरेका छन् ।
सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा आफ्नो जन्मदिनको अवसर पारी सहयोग गरिएको उनले बताएका छन् । ‘भाष्कर’ डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ स्थायी ठेगाना भई हाल डडेल्धुरा स्थित सामुदायिक रेडियो अमरगढीमा कार्यरत छन् ।
कार्यक्रममा नयाँ ढङ्गले जन्मदिन मनाउनका लागी आफ्नो क्याम्पस रोजेकोमा क्याम्पस परिवारको तर्फबाट क्याम्पस प्रमुख चित्र पाण्डेयले धन्यवाद व्यक्त गरेका थिए । सञ्चारकर्मी भाष्कर लोक तथा दोहोरी गीत प्रतिष्ठान डडेल्धुराका सचिव तथा नेपाल सांस्कृतिक कलाकर्मी संघ डडेल्धुराका अध्यक्ष पनि हुन ।