२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरोहियामाथि गृहमन्त्रीले अनैतिक हमला गरे, हामीलाई सैह्य छैन : काँग्रेस

अ+ अ-

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेटेर ढाडस दिएका छन् ।

नागरिकता किर्ते गरेको अभियोगमा अनुसन्धान गर्न आवश्यक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालतबाट मंगलवारमात्र सिरोहियाविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।

सम्बन्धित समाचार : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

सिरोहियामाथिको पक्राउ पुर्जीविरुद्ध तत्कालै संसदमा आवाज उठाएपछि काँग्रेस सांसदहरू कान्तिपुर पब्लिकेसन्समै पुगेका छन्। उनीहरूले सिरोहियासँग सामूहिक भेट गरेका थिए ।

कान्तिपुर पब्लिकेसन्सको कार्यालयबाट बाहिरिँदै काँग्रेस सांसदहरूले गृहमन्त्री रवि लामिछानेले सिरोहियामाथि पूर्वाग्रही साँधेको आरोप लगाएका छन् ।

सांसद रामहरि खतिवडाले भने, ‘पक्राउ पुर्जी जारी भएको समाचार थाहा पाएपछि त्यो के रहेछ भन्ने जानकारी लिन आएका हौँ । केही पुलिसहरू यहाँ भएको थाहा पायौँ । कसैलाई पूर्वाग्रही तरिकाले थुन्ने मुद्दा चलाउने पद्धतिमा सरकार लागेको हो भने घोर आपत्ति छ । कसैका दोहोरो नागरिकता दोहोरो पासपोर्ट तीनरचारवटा श्रीमती हुँदा छुट्कारा पाउने । कसैलाई ठ्याप्प समाइहाल्ने सरकारको प्रवृत्ति हो भने हामीलाई सैह्य हुँदैन ।’ तर्साउने र थर्काउने हिसाबले सरकार गएको हो भने काँग्रेसको आपत्ति रहेको खतिवडाले बताए ।

‘यसको हामी विरोधमा छौँ । नागरिकता दोहोरो छ कानूनसम्मत् छैन भने त्यसको भागीदार हुनुपर्छ । उहाँले म दोषी भए कारबाही भोग्न तयार छु भन्नुभयो । सहकारी ठगीकै समाचार लेखेको भरमा पक्राउ गर्न खोजिएको हो भने यो आपत्तिजनक छ’, उनले थपे ।

काँग्रेस सांसद राजेन्द्र बजगाईँले गृहमन्त्रीले सिरोहियामाथि प्रतिशोध ठानेर अनैतिक हमला गरेको टिप्पणी गरे । उनले आफूहरू स्वतन्त्र प्रेसको समर्थनमा ऐक्यवद्धता जनाउन आएको बताए ।

प्रतिक्रिया दिनुहोस