काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको नाराबाजीकाबीच प्रतिनिधि सभाले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पास गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले १ जेठको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । तर काँग्रेसको अवरोधका कारण धन्यवाद दिने प्रस्ताव पेश हुन सकेको थिएन ।
मंगलबार पनि काँग्रेस सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरेको थियो । तर सभामुखले कार्यसूची अगाडि बढाए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धन्यवाद दिने प्रस्ताव पेश गरे । सभाले त्यसलाई पास गरेको छ ।