१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१३ जिल्ला सिडिओसहित चारवटै सुरक्षा निकायका प्रमुख र प्रतिनिधि हेटौँडामा

अ+ अ-

काठमाडौँ । प्रदेशको सुरक्षा समन्वय समिति बैठकमा सहभागी हुन चारवटै सुरक्षा निकायका प्रमुख र १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी हेटौँडामा भेला भएका छन् ।

हेटौँडा-२ स्थित होटेल एभोकाडोमा दिउँसो ३ बजेबाट सुरु हुने बागमती प्रदेशस्तरीय सुरक्षा समन्वय समितिको बैठकको उद्घाटन मुख्यमन्त्री सालिकराम जम्मकट्टेलले गर्ने भएका छन् ।

बैठकमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित प्रदेशअन्तर्गत १३ वटै जिल्लाका सुरक्षा समितिका पदाधिकारी सहभागी हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिए । जिल्ला सुरक्षा समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी, आर्मी, सशस्त्र, अनुसन्धानका प्रमुख एवं सहायक प्रमुख जिल्ला अधिकारी पदाधिकारी रहने व्यवस्था रहेको छ ।

बैठकको उद्घाटन सत्रमा गृहमन्त्री रवि लामिछाने जाने बताइए पनि बुधवार मात्र कार्यक्रममा उपस्थित हुने जानकारी प्राप्त भएको प्रजिअ सेढाईंले बताए ।

उनका अनुसार प्रदेशका आन्तरिक मामिला मन्त्री गङ्गानारायण श्रेष्ठ, संघीय गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रवक्ता नारायण भट्टराई तथा राष्ट्रिय परिचय पत्र विभागका प्रमुख युवराज कट्टेललगायतले बैठकमा सम्बोधन गर्ने कार्यसूची छ ।

बैठकमा विशेष गरी प्रदेशभरको शान्ति सुरक्षा, सेवा प्रवाहको अवस्था, विपद् नियन्त्रणका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस