२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पले भत्किएका सात सय ७० सम्पदाको पुनः निर्माण सम्पन्न 

अ+ अ-

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये सात सय ७० को पुनः निर्माण सम्पन्न भएको पुरातत्त्व विभागले जनाएको छ । भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १८ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म सात सय ७० सम्पदाको पुनः निर्माण भएको छ । 

हाल ७० सम्पदाको पुनः निर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। ८० सम्पदाको अझै काम सुरु हुन सकेको छैन । पर्याप्त बजेट नआउनु, प्राविधिक जनशक्ति र निर्माण सामग्री अभावलगायत कारण ८० सम्पदाको पुनः निर्माण सुरु हुन नसकेको हो । विभागमा हाल २० जना मात्र इन्जिनियरको दरबन्दी भएकाले पनि काममा ढिलाइ भएको जनाइएको छ । 

भक्तपुरको यक्षेश्वर, भक्तपुरकै पुजारी मठ, चाँगुनारायण मन्दिरका सत्तल, हनुमान ढोकाको विष्णु मन्दिर, पाटन दरबार क्षेत्रको देगु तलेजु मन्दिरलगायत ठूला सम्पदा पुनः निर्माणको काम अहिले भइरहेको छ । शङ्खमूलको जगत्नारायण मन्दिरका विषयमा अदालतमा मुद्दा परेकाले काम रोकिएको छ । जगत्नारायण मन्दिर पुनः निर्माणको ठेक्का पाएका निर्माण व्यवसायीले समयमा काम नगरेपछि विभागले कारबाही प्रक्रिया अघि बढाउँदा निर्माण व्यवसायी नै अदालत गएकाले पुनः निर्माणको काममा ढिलाइ भएको हो । 

पुनः निर्माण हुन बाँकी सम्पदामध्ये करिब २० वटा आगामी आर्थिक वर्षमा काम गर्ने गरी बजेट व्यवस्थापनको प्रक्रियामा रहेको प्रवक्ता कुँवरले बताए । आव २०८२/८३ सम्म ३२ वटा जिल्लाका नौ सय २० वटा सम्पदाको पुनः निर्माण सम्पन्न गरिसक्ने लक्ष्य विभागले लिएको छ । हालसम्म सम्पदा पुनः निर्माणका लागि सरकारले रु. छ अर्ब खर्च गरिसकेको छ । बाँकी सम्पदा पुनः निर्माण गर्न रु. दुई देखि रु तीन अर्ब लाग्ने अनुमान गरिएको छ ।

भूकम्प प्रभावित ३२ जिल्लाका दुई सय १५ गुम्बा पुनः निर्माणको दायित्व सरकारले विभागलाई दिएको छ । त्यसमध्ये हाल २५ वटा गुम्बा  पुनः निर्माण भइरहेका छन् । आगामी आवमा २० वटा गुम्बा पुनः निर्माण गर्ने तयारी छ । गुम्बा पुनः निर्माणका लागि विभागले सरकारसँग अलग्गै बजेट माग गरेको छ । चार वर्षमा सबै गुम्बा पुनः निर्माण सक्ने योजना विभागले बनाएको छ । सबै गुम्बा पुनः निर्माण सक्न रु पाँच अर्ब लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस