पूर्वराजा ज्ञानेन्द्र शाह पाटनमा « प्रशासन
Logo ९ असार २०८१, आइतबार
   

पूर्वराजा ज्ञानेन्द्र शाह पाटनमा


७ जेष्ठ २०८१, सोमबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह ललितपुरस्थित पाटन दरबारलगायतको भ्रमणमा निस्किएका छन् ।

आज अपराह्न पूर्वराजा शाह पाटन दरबारको अवलोकनमा गएका हुन् । ललितपुरको हिरन्यवर्ण महाविहार (गोल्डेनटेम्पल), बंगलामुखी, कुम्भेश्वर,पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतका धार्मिक स्थानमा पूजाआजामा उनी सहभागी भए ।

शाहको धार्मिक भ्रमणको क्रममा वृद्धवृद्धा, बालबालिकासहित समर्थकको उल्लेख्य उपस्थिति थियो । उनले समर्थकसँग कुराकानीसमेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस