२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्सनललाई धक्का, इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई 

अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । प्रिमियर लिगको १३६ वर्षको इतिहासमा सिटीले लगातार चौथो सिजन उपाधि जित्दै नयाँ कीर्तिमान पनि बनाएको छ । 

यो सिजनको अन्तिम खेलमा सिटीले वेस्टह्याम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । सिटीले समग्रमा आठौं पटक प्रिमियर लिगको उपाधि जितेको हो । 

सिटी ९१ अंकका साथ पहिलो र आर्सनल ८९ अंकसहित दोस्रो स्थानमा छ । सिटीले उपाधि रक्षा गर्ने जित दिलाउँदमा फिल फोडेन दुई तथा रोड्रीले एक गोल गरेका थिए । वेस्टह्यामका मोहमद कुडुसले एक गोल फर्काए ।

सिटीले घरेलु इथिहाड स्टेडियममा दोस्रो मिनेटमै अग्रता लिएको थियो । सिटीका लागि बर्नान्डो सिल्भाको पासमा फिल फोडेनले गोल गर्दै अग्रता दिलाएका हुन् । १८ औं मिनेटमा फोडेनले नै व्यक्तिगत दोस्रो गोल गरेका थिए । उनले जेर्मी डोकुको पासमा गोल गरेका थिए ।

४२ औं मिनेटमा मोहमद कुडुसले गोल गरेपछि वेस्टह्यामले अग्रता २–१मा झारेको थियो । तर, ५९ औं मिनेटमा सिल्भाको पासमा रोड्रीले गोल गरेपछि सिटी ३–१ ले अघि बढेको थियो । ८९ औं मिनेटमा थोमस सुसेकले वेस्टह्यामका लागि गरेको गोल भीएआरले मान्यता नदिँदा वेस्टह्यामलाई खेलमा फर्किन कठिन भयो । त्यसपछि ३–१ को नतिजाका साथ सिटीले स्पष्ट ३ अंक लिएपछि उपाधि पनि जित्न सफल भयो ।   

आइतबार राति नै भएको अर्को खेलमा आर्सनलले एभर्टनलाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ । आर्सनललाई उपाधि जित्नका लागि सिटी पराजित वा बराबरीले मात्रै सम्भव थियो । तर सिटीले स्पष्ट जित निकालेपछि आर्सनलको २१ वर्षपछि उपाधि जित्ने सपनामा धक्का पुग्यो । गत सिजन पनि आर्सनल दोस्रो स्थानमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस