काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार लिन लागेको विश्वासको मत रोक्न जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका छन् ।
केही दिनअघि सर्वोच्च अदालतले जसपा नेपाल विभाजन भएर जसपा दल दर्ता भएको निर्णय यथास्थितिमा राख्न दिएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयनको माग गर्दै यादव सर्वोच्चमा रिट दर्ता गराएका अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
जनता समाजवादी पार्टी नेपाल विभाजनसम्बन्धी अध्यक्ष यादवले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । निर्वाचन आयोगले वैशाख २४ गते गरेको निर्णय र त्यसका आधारमा भएका काम कारबाही जहाँ जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा राख्नु भनेर सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।