प्रतिनिधि सभा बैठक बस्दै  « प्रशासन
Logo २० जेष्ठ २०८१, आइतबार
   

प्रतिनिधि सभा बैठक बस्दै 


६ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

त्यस्तै, सभामुखले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननी सदस्यहरूको मनोनयन गर्नेछन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस