२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल जिओटेक्निकल सोसाइटीले पहिरो जोखिम व्यवस्थापन विषयक कार्यक्रम गर्दै

अ+ अ-

काठमाडौँ । नेपाल जिओटेक्निकल सोसाइटी(एनजीएस)ले जेठ ५ गते शनिबार आफ्नो ३०औँ वार्षिकोत्सवका अवसरमा ‘नेपालमा पहिरो जोखिम व्यवस्थापन: बुझाई, मनन् र कार्यान्वयन’ कार्यक्रम गर्दै छ ।

कार्यक्रमको बिहानी सत्रमा धादिङ जिल्लाको धुनिवेशी नगरपालिकाको भुवनेश्वरी माविमा आम नागरिक सरोकारवालाहरूका बीच विपद् सम्बन्धी प्रदर्शनी र सचेतना कार्यक्रम गरिने छ भने साँझ एनजीएस सदस्यहरू र आमन्त्रितहरूले काठमाडौँमा नेपालले बर्सेनि व्यहोर्दै आइरहेको भू-खतरा, भारी वर्षा, र बढ्दो जलवायु परिवर्तन प्रभाव लगायतका विषयमा छलफल हुनेछ ।

नेपाल जिओटेक्निकल सोसाइटीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भौगर्भिक रूपमा जटिलसँगै मानवीय हस्तक्षेपले थोरै पानी पर्दा पनि पहिरो गइहाल्ने अवस्था रहेको जनाएको छ । ‘एकातिर हामीले समुदाय स्तरमा पहिरोको जोखिम बुझाउन सकिरहेका छैनौँ भने अर्कोतर्फ सरकारले विभिन्न निकायहरूबिचको समन्वय र पूर्व सावधानीलाई जोड दिएर पहिरोजस्ता प्रकोपसँग जुझ्न प्रयाप्त पहलकदमी गरिरहेको छैन’ सोसाइटीले भनेको छ ।
विपद् सम्बन्धी केन्द्रीय सरकारमा भएको ज्ञान स्थानीय सरकारमा हस्तान्तरण हुन अझै नसकिरहेकोले सरकारले बनाएका केही नीतिहरू पनि कार्यान्वयन हुन नसक्दा जोखिम कम गराउन सकिएको सोसाइटीको बुझाई छ ।

वार्षिक रूपमा, नेपालले सयौँ विनाशकारी पहिरो र सडक छेउको ढलान असफलताको सामना गर्ने गरेको जनाउँदै २०७० देखि २०८० सम्ममा तीन हजार उनन्सत्तरी पहिरोका घटनामा १ हजार ३ सय ५४ जनाको ज्यान गएको छ सोसाइटीले जनाएको छ । जसमा प्रति वर्ष औसत १२३ जनाको मृत्यु भएको कहालीलाग्दो तथ्याङ्क रहेको छ ।

नेपालमा पहिरो, वर्षा र सडक निर्माणबिचको जटिल अन्तरक्रियालाई सम्बोधनका साथै सामाजिक–आर्थिक प्रगतिलाई समर्थन गर्न एवं जीवन र पूर्वाधारको रक्षा गर्नका लागि भू प्राविधिक जोखिम व्यवस्थापनलाई एकीकृत गर्ने दिगो विकास अभ्यासहरूको आवश्यकता औँल्याउने उद्देश्यले कार्यक्रम गर्न लागेको एनजीएसका अध्यक्ष मन्दिप सुवेदीले बताए ।

“विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ले पहिरो र बाढीलाई प्राकृतिक प्रकोपको रूपमा वर्गीकरण गरेको छ । तर, हामीले यी घटनाहरूलाई बढावा दिने महत्त्वपूर्ण मानव प्रेरित कारकहरूलाई बेवास्ता गरिरहेका छौँ, र निवारक उपायहरूको साटो विपद्पछिको राहतमा हामी केन्द्रित भइरहेका छौँ । बर्सेनी दोहोरिने क्षतिलाई न्यूनीकरण गर्न पर्याप्त रणनीति विकास गर्न सकेका छैनौँ”, उनले भनेका छन्, “पहिरो जोखिमलाई प्रभावकारी रूपमा सम्बोधन गर्न, एक व्यापक दृष्टिकोण महत्त्वपूर्ण छ, त्यसका लागि हामीले यो अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्दै छौ ।”

सन् १९९४ मा स्थापित यस संस्थामा ३५० भन्दा बढी भूबैज्ञानिकहरू र भू-प्राविधिक इन्जिनियरहरू रहेको र यसले हालसम्म जियो टेक्निकल इन्जिनियरिङ र सम्बन्धित क्षेत्रहरूमा जानकारीको आदानप्रदान गर्दै आइरहेको एनजीएसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस