धरौटीमा छुटे रवि ओड « प्रशासन
Logo ८ असार २०८१, शनिबार
   

धरौटीमा छुटे रवि ओड


४ जेष्ठ २०८१, शुक्रबार


काठमाडौँ ।  वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड रिहा भएका छन् । उनी पाँच लाख धरौटी बुझाएर बिहीबार साँझ रिहा भएको हुन् ।

जिल्ला अदालत कञ्चनपुरले बिहीबार उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशअनुसार ५ लाख धरौटी बुझाएर उनी बिहीबार साँझै रिहा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गत साता इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेका थिए । 

ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनका श्रीमतीले उजुरी दिएकी थिइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस