काठमाडौँ । इजरायलको युद्धमा परेर लामो समयदेखि सम्पर्कविहीन रहेका विपिन जोशीलाई सकुशल नेपाल फर्काउन नेकपा एकीकृत समाजवादीले माग गरेको छ ।
पार्टीका उपमहासचिव तथा प्रचारप्रसार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्ययनका लागि इजरायल गएका विपिनलाई स्वदेश फर्काउन सम्बन्धित अधिकारीसमक्ष अपिल गर्ने निर्णय गरेको जानकारी दिए ।
ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौँ बैठकको निर्णय सार्वजनिक गर्दै खतिवडाले भने, ‘नेपालका विपिन जोशी लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने सार्वजनिक भएको छ । यो बैठक उहाँलाई सकुशल मुक्त गर्न सम्बन्धित अधिकारीहरूसमक्ष अपिल गर्दछ । र, निजलाई सकुशल नेपाल ल्याउन पहल गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्दछ ।’