काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
आज सुन एक हजार रुपैयाँले बढेर तोलामा एक लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।