२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा सिटीले टोटनह्याम हटस्परलाई २-० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीलाई जिताउन एर्लिङ हालन्डले दुवै गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीले ५१ औं मिनेटमा अग्रता लिएको थियो । केभिन डी ब्रुएनाको पासमा हालान्डले गोल गर्दै अग्रता दिलाए । उनले दोस्रो हाफको इन्ज्योरी समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै सिटीलाई २–० को सहज जित दिलाए ।

सिटीले ३७ खेलबाट ८८ अंक बनाएको छ भने दोस्रो स्थान झरेको आर्सनलले समान खेलबाट ८६ अंक बनाएको छ । पराजित भएको टोटनह्यामले भने ३७ खेलबाट ६३ अंक जोड्दै आफूलाई पाँचौं स्थानमा छ । सिटीको जितसँगै प्रिमियर लिगको उपाधि होड भने रोमाञ्चक बनेको छ ।

अब सिटी र आर्सनलले एक एक खेल खेल्न बाँकी रहँदा उपाधि होड रोमाञ्चक मोडमा पुगेको हो । अब १९ तारिखमा आर्सनलले एभर्टनसँग खेल्ने छ । उक्त खेलमा आर्सनल विजयी भएमा सिटीले अन्तिम खेल जित्नै पर्ने छ भने आर्सनल पराजित सिटीले उपाधि जित्ने छ । त्यसैगरी सिटीले अन्तिम खेलमा सोही दिन वेस्टह्यामसँग खेल्ने छ । दुवै टिमको खेल एउटै समयमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस