काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस उत्तरार्द्धमा छ । सन्दीपको पक्षबाट पाँच जनाले बहस सकेका छन् ।
सुरूमा दुई सरकारी वकिलले बहस गरेका थिए । त्यसपछि सन्दीपको तर्फबाट बहस सुरु भयो । वरिष्ठ अधिवक्ताहरू मुरारी सापकोटा, कृष्ण सापकोटा र शम्भु थापापछि अहिले रामनारायण बिडारी र रमण श्रेष्ठले पनि बहस सकेका छन् ।
श्रेष्ठ र बिडारीले जिल्ला अदालतले गरेको फैसलामा प्रशस्त प्रश्न उठाए । प्रमाणविना अदालतले फैसला सुनाएको भन्दै उनीहरूले त्यसलाई सच्याएर सन्दीपलाई सफाइ दिन माग राखेका छन् ।