काठमाडौँ । आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघले आलु र प्याजमा लगाएको भ्याट फिर्ता गर्न माग गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई संघले आज ज्ञापन पत्र बुझाउँदै आलु प्याजमा लागेको भ्याट फिर्ता गर्न माग गरेका हुन् ।
संघले दोस्रो र तेस्रो मुलुकबाट आलु प्याज आयात गरी नेपालमा थोक बिक्री वितरण गर्दै आएको छ । भ्याटले उपभोक्तालाई समेत समेत असर पारेको जनाएको छ ।
आलु, प्याज हालसम्म मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची १ को समूह क (आधारभूत कृषि उत्पादनहरू)अन्तर्गत मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवाहरू अन्तर्गत समावेश हुँदै आएको थियो ।
तर, गत साउन १ गतेदेखि लागू भएको आर्थिक ऐन, २०८० को दफा ४२ अन्तर्गत मूल्य अभिवृद्धि कर ऐन, २०५२ को संशोधन बमोजिम आलु तथा प्याज मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची १ मा मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवाहरू अन्तर्गत समावेश गरिएको छैन ।
तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले आलु प्याजमा भ्याट लगाएका थिए ।