२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ बानेश्वरमा फल्चा सञ्चालनमा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा निर्माण गरेको बस बिसौनी ‘फल्चा’ आजदेखि सञ्चालनमा आएको छ । यहाँ एकै किसिमका दुई फल्चा निर्माण भएका छन् ।

नयाँ बानेश्वरबाट बबरमहलतर्फ आउने सडक खण्डमा बस बिसौनी सञ्चालनमा आएको हो । यस्तै बबरमहलबाट नयाँ बानेश्वरतर्फको सडक खण्डमा रहेको बस बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउने काठमाडौँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । उनले भने, “हामीले परम्परागत शैली प्रयोग गरेर नमुना बस बिसौनी बनाएका छौँ, यस्ता संरचना राजनीतिक आन्दोलनको मारमा पर्न हुँदैन ।”

फल्चा निर्माणमा स्थानीयवासी सहभागी भएकाले यसको संरक्षण गर्न उनीहरुले निगरानी गर्ने निर्माण समितिका संयोजक एवं वडा सदस्य सतिश तण्डुकारले बताए । “यसमा नगर प्रहरीले पनि सहयोग गर्नेछ”, उनले भने ।

महानगर प्रहरी बल पूर्व क्षेत्रका प्रमुख नगर प्रहरी उपरीक्षक दिनेशराज अर्यालले भने, “सार्वजनिक सम्पत्तिको संरक्षण हाम्रो जिम्मेवारी हो । हामी यस्ता सम्पत्तिको दुरुपयोग हुन दिँदैनौँ ।”

झण्डै रु ६२ लाखको लागतमा फल्चा निर्माण गरिएका हुन् । यसमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । बस्नका लागि काठकै मेच राखिएका छन् । बिसौनीभित्र बत्ती जडान गरिएका छन् । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँ महानगरभित्र प्रतिक्षालयका रुपमा ‘फल्चा’ निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।

महानगरले परम्परागत फल्चा निर्माण गर्न चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट खर्च गर्ने गरी सम्पदा तथा पर्यटन विभागअन्तर्गत सम्पदा पूर्वाधार शीर्षकमा पाँच करोड विनियोजन गरेको थियो । काठमाडौँ उपत्यकाको पाटन, कीर्तिपुर र भक्तपुरमा बढी मात्रामा फल्ल्चाको प्रयोग भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस