२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपि हिमालमा ट्रेकिङ प्रवर्द्धन अभियान 

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपि हिमालको प्रवर्द्धनको लागि अपि हिमाल बेसक्याम्पसम्म ट्रेकिङ सुरु गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र युएनडीपीको संयुक्त लगानीमा संचालित परियोजना एसटीएलआरपीका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरूको सहभागितामा हालै अपि हिमाल गाउँपालिकामा अवस्थित अपि हिमाल आधार शिविरसम्मको  ट्रेकिङ सम्पन्न भएको हो ।

अपि हिमाल आधार शिविर सुदूरपश्चिम क्षेत्रकै एक प्रमुख आकर्षण पर्यटकीय गन्तव्य हो । गुराँस हिमशृङ्खलामा अवस्थित ७ हजार १३२ मिटरको उचाइमा रहेको अपि हिमाल नजिकै नाम्पा, बबईया, जेठीबहुरानी, कापोचुली जस्ता थुप्रै हिमालहरू पनि छन् । मौसम अनुसार निलो र हरियो रंगमा परिणत हुने कालिढुङ्गा ताल अनि राईदुंगी ताल जस्ता थुप्रै तालतलैया पनि त्यस क्षेत्रमा पर्दछन् । 

अपि हिमालको काखमा रहेको चमेलिया नदीलाई धार्मिक मान्यता अनुसार भगवान् शिवको शिरबाट बगेको गङ्गा नदी मानिन्छ । यहाँका गाउँबस्तिहरुको छुट्टै सुन्दरता छ । 

कसरी जाने अपि हिमाल ?

चमेलीया नदीको मुहान भएर अपि हिमाल अपि बेस क्याम्प जान काठमाडौँबाट धनगढीसम्मको हवाई तथा अत्तरियाबाट अपि हिमाल गाउँपालिकाको मकरीगाडसम्म २७१ किमी मोटर बाटोको यात्रा गर्न सकिन्छ । मकरीमाडदेखि बेस क्याम्पसम्म दुई दिन पैदल यात्रा गर्नुपर्छ । मकरीगाडदेखि अपि हिमाल गाउँपालिकाको वडा नं ४ खण्डेश्वरीबाट र वडा नं २ बला हुँदै बेसक्याम्प जान सकिन्छ । त्यहाँबाट तीन दिनमा पुनः धनगढी फर्किन सकिन्छ । बाटोमा वडा नं ४ को नौ पाटा र वडा नं २ को सितिमा होम स्टेको व्यवस्था छ । बेस क्याम्प जाँदा सिमार र धौलीओडारमा पर्यटकलाई आराम गर्न आश्रय भवनको व्यवस्था छ ।

मकरीगाढदेखि उकालो लाग्दा ४ हजार पाँच सय सिढिं चढेर मकरीकोट डाँडोमा पुग्न सकिन्छ । टाढाबाट हेर्दा यो चीनको ग्रेटवाल जस्तै लाग्छ । स्थानीयहरू यसलाई मिनी ग्रेटवाल पनि भन्ने गर्दछन् । राजा जतार सिंहको पालामा घोडा सवारको लागि बनाएको बाटोलाई सिँडी बाटोको रूपमा विकास गरिएको र यो रमणीय पदमार्गको रूपमा प्रचलित भएको अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले बताए । “विकट भएर पनि प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले भरिएको दार्चुलामा अपि हिमालको प्रवर्द्धनले पर्यटक आगमन बढ्ने विश्वास छ,” अध्यक्ष बोहराले भने । 

मल्देशी संस्कृति 

यहाँ मौलिक भाषाको गीत र पहिरनमा नाचिने संस्कृति, परम्परा अनि भेषभूषाको पनि छुट्टै आकर्षण छ । खण्डेश्वरीमा बाइसे चौबिसे राज्य व्यवस्था भएको समय देखि नै चलिआएको मल्देशी संस्कृतिको पहिरन र चाहाई नाचको सुन्दरता यहाँको अर्को विशेषता हो । अहिले पनि यो गाउँपालिकाको अधिकांश गाउँघरमा घरेलु सीप र कलाबाटै भेडाको ऊन, भाङग्रो जस्ता घरेलु उत्पादनबाट आफ्नो पहिरन निर्माण गरेको दृश्यहरू देख्न पाइन्छ । यो सँगै विश्वमै दुर्लभ जडीबुटी यार्सागुम्बा पाइनु यस गाउँपालिकाको अर्को विशेषता हो । 

 पर्यटकीय सूचना केन्द्र 

त्यता  जाने पर्यटकको यात्रा सजिलो पार्न गाउँपालिकाको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र खोलिएको छ । त्यहींनेर कोशेली घर पनि छ । नेपाल पर्यटन बोर्ड तथा युएनडिपिको सहकार्यमा संचालित जीविकोपार्जन पुनःरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) र अपि हिमाल गाउँपालिका दार्चुलाको  सहकार्यमा अपिहिमाल ४ मकरीगाड्मा सूचना केन्द्र निर्माण गरिएको हो ।  पालिकाका अध्यक्ष बोहराले सूचना केन्द्र र कोशेलीको उद्घाटन गरेका थिए । अपि हिमालको म्याप समेत विमोचन गरिएको छ ।  

ट्रेकिङमै सहभागी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत गुणराज भट्टराइले अपि हिमाल ट्रेकिङ पर्यटनको लागि राम्रो उत्पादन भएको बताए । 

एसटिएलआरपी परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीले परियोजनाले पालिकासँगको सहकार्यमा सूचना केन्द्र तथा कोशेलीघर निर्माण मकरीगाडदेखि अपि हिमाल वेशसक्याम्प्सम्म विभिन्न स्थानमा काठेपुल निर्माण, पर्यटक सूचना बोर्ड, फोहरमैला व्यवस्थापन लगायतका कार्य गरेको बताए ।

नाटाका सुदूरपश्चिम अध्यक्ष पदम विक्रम सिंहले सुदूर पश्चिममा पर्यटनका सम्भावना रहेकोमा अपि हिमाल ट्रेकिङ नयाँ पर्यटकीय प्रडक्ट थपिएको बताए । 

प्रतिक्रिया दिनुहोस