काठमाडौँ । कोशी प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको बैठक सुरु भएको हो ।
मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा काँग्रेस भने अनुपस्थित भएको छ । यतिबेला काँग्रेस संसदीय दलको बैठक बसिरहेको छ । नेपाली काँग्रेसका सांसद भीम पराजुलीले आजको बैठक बहिष्कार गरिने बताए ।
सभामुखले काँग्रेसको उपस्थित विनै प्रदेश सभा बैठक अगाडि बढाएका छन् ।