२२ जना उपसचिवको सरुवा  « प्रशासन
Logo २५ जेष्ठ २०८१, शुक्रबार
   

२२ जना उपसचिवको सरुवा 


३० बैशाख २०८१, आइतबार


काठमाडौँ । नेपाल सरकारका २२ जना उपसचिवहरूको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती उपसचिवहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार मन्त्रालयले वैशाख ३० गते २२ जना उपसचिवहरूको सरुवा गरेको हो । यसरी सरुवा  गरिएका उपसचिवहरूलाई संघीय सरकारको मन्त्रालय तथा आयोग र एकाधलाई प्रदेश मन्त्रालयमा सरुवा गरिएको छ । 

हेर्नुहोस् बैशाख ३० गते सरुवा गरिएका २२ उपसचिवहरुको सूची

पछिल्लो समय आर्थिक वर्षको अन्त्यतिर माथिल्लो तहका कर्मचारीहरूको सरुवा गरिएको भन्दै कर्मचारी वृत्तमा आलोचना शुरु भएको छ । विशेष गरी प्रमुख प्रशासकीय अधिकृतको हकमा यसरी सरुवा गर्दा कामकारबाहीमा असर पर्ने बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस