संघीय संसद्को बर्खे अधिवेशन सुरु « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

संघीय संसद्को बर्खे अधिवेशन सुरु


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । संघीय संसद्को बर्खे अधिवेशन आजदेखि नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । 

संघीय संसदमध्ये राष्ट्रिय सभाको आजको बैठक सुरु भइसकेको छ भने कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेकाले प्रतिनिधि सभा बैठक सुरु हुन विलम्ब भएको छ । दुवै सभाको बैठक आज अपराह्न २ बजेका लागि आह्वान गरिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरे अनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।

राष्ट्रिय सभाको बैठक आरम्भ गर्दै अध्यक्ष नारायण दाहालले अधिवेशनलाई प्रभावकारी र रचनात्मक बनाउन आग्रह गर्दै सदनमा उठेका विषयमा उत्तरदायी हुन सरकारका सम्बन्धित मन्त्रीलाई स्मरण गराए । 

उनले प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयक र गैह्र सरकारी विधेयसमेतमा छलफल भई राष्ट्रिय सभामा फिर्ताको वातावरण बनाउन आग्रह गरे । बैठकको पहिलो दिन सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका तर्फबाट बोल्ने क्रम जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस