महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्‍यूरोले मकवानपुर घर भई हाल काठमाडौँ महानगरपालिका-३२ बस्ने २४ वर्षीय फुर्साङ रूम्बालाई जडीबुटीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस