२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलालाई आत्मनिर्भर बनाउँदै पाल्पाको रामपुर नगरपालिका

अ+ अ-

रामपुर (पाल्पा) । रामपुर नगरपालिकाले महिलालाई लक्षित गरी सीप विकासमा जोड दिएको छ । आर्थिक रूपमा महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न विविध सीप सिकाइरहेको छ । 

 नगरपालिका क्षेत्रका ४७ महिलालाई हातेझोला, टोपी, पर्सलगायत सामग्री तयार पार्ने सीप सिकाइरहेको छ । गाउँघरमा खेर जाने वस्तुको सदुपयोग गर्दै विभिन्न सामग्री तयार पार्ने सीप थालनी गरेपछि उत्साहका साथ महिला तालिममा जुटेका छन् ।

थाकलको पात र मकैका खोस्टाबाट हातेझोला, टोपी, पर्सलगायतका विभिन्न सामग्री तयार पार्ने सीप सिकाउन थालिएको नगरपालिकाका उपप्रमुख बालकुमारी थापा बताउछन् । “स्थानीय वस्तुको उपयोग होस् कच्चा पदार्थ बाहिरबाट खरिद गर्न नपरोस्, गाउँघरमा नै फालिएका वस्तुको समुचित प्रयोग गरेर आकर्षक सामग्री तयार पारी यसबाट राम्रो आयआर्जन लिन सकिन्छ भन्ने मनसायले सीप विकासमा जोड दिएका छौँ”, उनले भने । 

रामपुर नगरपालिकाको आयोजनामा ओम राजश्री मल्टी एग्रोको प्राविधिक सहयोगमा प्राकृतिक रेशाजन्य वनस्पतिको पोस्करबाट यहाँ एक महिने हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी तालिम थालनी भएको छ । रामपुर नगरप्रमुख रमणबहादुर थापा महिलालाई सक्षम बनाउँदै उनीहरूको आयस्रोत उकास्न विभिन्न सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताउछन् ।

“सीप भयो भने जुन ठाउँमा रहेर पनि आयआर्जन गर्न सकिन्छ, आफू खाली बस्नु पर्दैन, बिक्रीका लागि बजार विस्तार भइरहेको छ”, नगरप्रमुख थापाले भने, “स्थानीय वस्तुबाट विभिन्न सामग्री तयार पार्न सकिने हुँदा गाउँघर, वनमा पाइने विभिन्न वस्तुको भरपुर उपयोग गरेर गज्जबको आम्दानी गर्न सकिन्छ ।” उनले स्वदेशी उत्पादन र वातावरणमैत्री उत्पादनमा बढावा दिन आवश्यक रहेको बताए । स्थानीय उत्पादनलाई नगर सरकारले कोसेलीबाट बजारीकरणको व्यवस्था गरिदिने भएकाले सीप सिकेर सामग्री उत्पादनमा जोड दिन नगरप्रमुख थापाको अनुरोध छ । 

ओम राजश्री मल्टी एग्रोका कार्यकारी निर्देशक युवराज गैरेले महिलाले आफूले सीप सिकेर उत्पादन गरेको सामग्री बजारीकरणको सम्पूर्ण व्यवस्था संस्थाले गर्ने प्रतिबद्धता व्यक्त गरे । 

रामपुर नगरपालिकाले यसअघि आयोजना गरेको  साबुन, आलु चिप्स, स्वेटर बुन्ने, सिलाइकटाइलगायत तालिमबाट यहाँका अधिकांश महिला  उद्यमी भएका छन् ।

प्रतिक्रिया दिनुहोस