यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


२८ बैशाख २०८१, शुक्रबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । बिहीबार खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा रहेको थियो । 

त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ९६ पैसा रहेको छ । हिजो खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको थियो । 

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६६ रुपैयाँ ८३ पैसा रहेको छ । शुक्रबार खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा रहेको थियो । 

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस