दलहरूले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनको परिचालन रोक्नुपर्छ : उपकुलपति बराल « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

दलहरूले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनको परिचालन रोक्नुपर्छ : उपकुलपति बराल


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले राजनीतिक दलहरूले शैक्षिक क्षेत्रमा भ्रातृ सङ्गठनलाई परिचालन गर्न रोक्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपकुलपति बरालले शैक्षिक क्षेत्रमा राजनीतिक दलका भ्रातृ सङ्गठनहरूलाई परिचालन गर्न रोक्नुपर्ने बताएका हुन् । 

हरेक राजनीतिक दलको विद्यार्थी, कर्मचारी र प्राध्यापक सङ्गठन रहेका भन्दै बरालले हरेक दिन उनीहरूसँग नै अल्झिरहनु परेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । विगतमा भ्रातृ सङ्गठन आवश्यक भए पनि अबका दिनमा शैक्षिक संस्थामा भातृ संगठनको उपयोगिताको सम्बन्धमा दलहरूले सोच्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

विश्वविद्यालयलाई कसैमाथि आग्रह, पूर्वाग्रह नराखि सुद्ध किसिमले चलाउने उपकुलपति बरालको प्रतिबद्धता थियो । विश्वविद्यालयलाई राजनीतिबाट मुक्त नगराउँदासम्म क्यालेन्डर प्रणाली लागू गर्न गाह्रो हुने उनले बताए ।

उपकुलपति बरालले विदेशी विश्वविद्यालयसँग सम्बन्धनप्राप्त स्वदेशी कलेज रहेको बताए । तर तिनमा न कोटा रहेको न त गुणस्तर अनुगमन हुने गरेको उनको भनाइ थियो । विदेशी सम्बन्धनप्राप्त कलेजको अनुगमनका लागि निश्चित संयन्त्र आवश्यक रहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस