उपेन्द्रजी अमेरिका उड्नुअघिको परिपत्रले विष्फोटक स्थिति बनायो : अशोक राई « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

उपेन्द्रजी अमेरिका उड्नुअघिको परिपत्रले विष्फोटक स्थिति बनायो : अशोक राई


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । जसपाका अध्यक्ष अशोक राईले उपेन्द्र यादवले अल्पमतको निर्णयलाई पार्टीमा सर्कुलर गरेपछि आफूहरूले विद्रोह गरेको बताएका छन् । जसपा नेपालबाट अलग भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपेन्द्र यादवको कार्यशैलीको कारणले अलग भएको बताएका हुन् ।

उनले भने, ‘उहाँविरुद्ध असन्तुष्टि त छँदै थिए । महाधिवेशन नै अनियमित ढङ्गले कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्ने गतिविधि देखिएपछि, उहाँ अमेरिका उड्नुअघि एउटा परिपत्र जारी गर्नुभएको छ । त्यसको नमुना त्यो पनि हो । त्यो परिपत्रले विष्फोटक स्थिति बनायो ।’

उनले सत्ताको अङ्कगणितको कारणले आफूहरूले पार्टी विभाजन नगरेको प्रष्ट पारे ।

उनले भने, ‘सत्ताको अंकगणित मिलेकै थियो, त्यो फेर्ने प्रयास भइरहेको कुरा आएको थियो, त्यो संवेदनशील थियो । यो पार्टी बनेपछि हामीले अस्थिरताका कारक हुँदैनौ भनिसकेका छौँ । मुलुक अहिले अस्थिरताको सिकार हुँदै आएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस