२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएल : दुई खेल अगावै बाहिरियो मुम्बई इन्डियन्स

अ+ अ-

काठमाडौँ । अलराउन्डर हार्दिक पाण्ड्याको कप्तानीमा रहेको पाँच पटक च्याम्पियन बनेको मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा दुई खेल अगावै उपाधि दौडबाट बाहिरिएको छ ।

बुधबार राति सनराइजर्स हैदराबादले लखनऊ सुपर जायन्ट्सलाई १० विकेटले हराएसँगै मुम्बई आधिकारिक रूपमा प्लेअफ दौडबाट बाहिरिने यस सिजनको पहिलो टोली बनेको छ ।

मुम्बई १२ खेलमा ४ मा जित र ७ मा हारसहित ८ अंकका साथ नवौँ स्थानमा छ । मुम्बईले अब शनिबार कोलकाता र अर्को शुक्रबार लखनउसँग खेल्नेछ । दुवै खेलमा विजयी हुँदा मुम्बई १२ अंकमा पुग्न मात्रै सक्छ । कम्तीमा चार टोली १४ अंकभन्दा माथि हुने पक्का हुँदा मुम्बई बाहिरिएको हो ।

कोलकाता ११ खेलमा ८ मा जित र ३ मा हारसहित १६ अंकका साथ नेट रन रेटमा माथि रहँदै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ११ खेलमा ८ मा जित र ३ मा हारसहित १६ अंकका साथ दोस्रो स्थानमा छ । कोलकाता र राजस्थानको प्लेअफ सम्भावना औपचारिकता बाँकी छ ।

हैदराबाद १२ खेलमा ७ मा जित र ५ मा हारसहित १४ अंकका साथ तेस्रो स्थानमा छ । चेन्नई ११ खेलमा ६ मा जित र ५ मा हारसहित १२ अंकका साथ चौथो स्थानमा छ ।

समान १२ खेलमा दिल्ली १२ अंकका साथ पाँचौँ स्थानमा छ । लखनऊ पनि १२ खेलमा १२ अंकका साथ नै छैटौँ स्थानमा छ । दिल्ली र लखनऊ खेल्न बाँकी हुँदा एक टोली १४ अंकका पुग्ने पक्का भएको हो ।

मुम्बईले यस सिजनदेखि हार्दिकलाई कप्तानमा नियुक्त गरेको थियो । २०१३ देखि कप्तानी गर्दै पाँच ट्रफी मुम्बईलाई जिताउने रोहित शर्मालाई हटाउँदै हार्दिकलाई कप्तानी जिम्मेवारी दिएको थियो । त्यसैको कारण यस सिजनभर हार्दिकको आइपिएलमा चर्को आलोचना भएको थियो । हार्दिकले २०१५ देखि २०२१ सम्म मुम्बईबाट खेलेका थिए ।

त्यसपछि हार्दिकले २०२२ मा गुजरात टाइटन्सको कप्तानी गर्दै उपाधि जितेका थिए । २०२३ मो भने हार्दिकको कप्तानीमा गुजरात फाइनलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।