बुटवलमा मेडिकलबाटै लागूऔषधको कारोबार गरेको आरोपमा सञ्चालक पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

बुटवलमा मेडिकलबाटै लागूऔषधको कारोबार गरेको आरोपमा सञ्चालक पक्राउ


२७ बैशाख २०८१, बिहिबार


पक्राउ

काठमाडौँ। बुटवलमा मेडिकल पसल राखेर लागूऔषध कारोबार गरेको प्रमाणसहित एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल उपमहानगरपालिका कालिकानगरस्थित कालिकापथमा रहेको बैदवार फार्मेसीका सञ्चालक कमलबहादुर बिकलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले विशेष सूचना र प्रमाणका प्रहरीले मेडिकलमा छापा मारेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।

औषधिजस्तो संवेदनशील वस्तु डाक्टरको सिफारिसबिना बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागू औषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय बुटवलले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ घर भएका विकले केही समययता सो स्थानमा मेडिकल सञ्चालन गर्दै आएका थिए ।

डिएसपी पण्डितका अनुसार डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको केही औषधिहरू लागू औषधका रूपमा प्रयोग गर्ने गरी मिलाएर बिक्री गरेको पाइएको छ । प्रहरीले मेडिकल सञ्चालकको घरबाट ठूलो परिणाममा त्यस्ता औषधि फेला परेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस