समानिकरणको अनुदान निकासा नभए सिंहदरवार घेर्ने नगरपालिका संघको चेतावनी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

समानिकरणको अनुदान निकासा नभए सिंहदरवार घेर्ने नगरपालिका संघको चेतावनी


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले स्थानीय सरकारलाई दिने समानिकरण अनुदान निकासा नभए सिंहदरवार घेर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष ढुंगानाले सम्झौता भइसकेका आयोजनाहरू अहिले अन्तिममा आएर अनुदान कटौती गर्ने निर्णय कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका हुन् ।

नीलकण्ठ नगरपालिकाका प्रमुख रहेका ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनलाई नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघको तर्फबाट पटक-पटक रकम निकासाका लागि आग्रह गरेको जनाए ।

उनले भने –‘प्रधानमन्त्रीले रकम निकासा हुन्छ भनेकाले त्यस कुरामा विश्वास गरेको भन्दै अब जेठ पहिलो हप्तासम्म पनि रकम निकासा नभए ७५३ वटै पालिकाका जनप्रतिनिधिहरूले सिंहदरवार घेर्न बाध्य हुनेछौँ । ‘हामीलाई अझै पनि विश्वास छ सम्माननीय प्रधानमन्त्रीले वचन दिएअनुसार रकम निकासा हुन्छ’ उनले भने, ‘यदि जेठ पहिलो हप्तासम्म पनि रकम निकास नभए जेठको दोस्रो हप्तादेखि सिंहदरबार केन्द्रित आन्दोलन हुन्छ ।’

अध्यक्ष ढुंगानाले स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई समेत आन्दोलनका लागि काठमाडौँमा जानुपर्ने हुनसक्ने भन्दै तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस