पाँच दर्जन सहसचिवको सरुवा सूची प्रधानमन्त्री कार्यालयमा, अझै बढ्न सक्ने « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

पाँच दर्जन सहसचिवको सरुवा सूची प्रधानमन्त्री कार्यालयमा, अझै बढ्न सक्ने


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सरकारले ठूलो संख्यामा सहसचिवको सरुवा तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयबाट सदर हुने गरी पाँच दर्जन बढी सहसचिवको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो । 

नौ जना पदस्थापनसहित पुगनपुग दर्जन जति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसचिवको पदस्थापन हुँदैछ भने संघीय तथा प्रदेश मन्त्रालयका सहसचिवहरूको अदली बदली गरिँदै छ । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार आधा दर्जन बढी सहसचिवहरू गृह मन्त्रालयतिर जाँदै छन् भने चार जना सहसचिव बाहिरिँदै छन् । एक–दुई जना सहसचिव अर्थ मन्त्रालयमा पनि पस्ने भएका छन् भने दुई जना जति सहसचिव परराष्ट्र मन्त्रालय इन्ट्रि(विदेशका लागि) हुने सम्भावना उच्च रहेको उच्च स्रोत बताउँछ । 

ठुला तथा मालदार(कमाऊ) भनिएका अड्डामा जान केही सहसचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पटाइँदै छ ।

कैयन् पटक करेक्सन भएको यो सूची निर्णय भएर आउन्जेलसम्म अझै फेरबदल हुन सक्ने स्रोतको दाबी छ । पछिल्लो समय सरुवा भद्रगोल बन्दै गएको छ । त्यसैमाथि सहसचिवको सरुवा त सबैभन्दा जटिल र कठिन बनाइएको छ । जसले निजामतीतन्त्रलाई नै विकृत बनाउनुका साथै बार्गेनिङसमेत बढाएको छ । जुन गलत हो । 

सम्बन्धित समाचार : मनलाग्दी सरुवा रोक

Tags :
प्रतिक्रिया दिनुहोस