नेपाल-कोरिया सम्बन्धको ५० औँ वर्षगाँठको उपलक्ष्यमा उच्चस्तरीय भ्रमणको तयारी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नेपाल-कोरिया सम्बन्धको ५० औँ वर्षगाँठको उपलक्ष्यमा उच्चस्तरीय भ्रमणको तयारी


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्ष पूरा भएको उपलक्ष्यमा उच्चस्तरीय भ्रमणको तयारीमा रहेको बताएका छन् । 

उनले उच्चस्तरीय भ्रमणको तयारी प्रक्रियामै रहेकाले अहिले नै बाहिर ल्याउने बेला भने नभएको प्रष्ट पारे । राजदूत पार्कले दक्षिण कोरिया र नेपाल असल मित्र रहेको उल्लेख गर्दै दुई मुलुक बीचको सम्बन्ध सुमधुर रहेको बताए ।

परराष्ट्र मन्त्रालय स्रोतले प्रधानमन्त्री दाहालको दक्षिण कोरियाको भ्रमणको लागि मितिसहित एजेन्डाहरूको बारेमा गृहकार्य भइरहेको जनाएको छ । चैत १६ मा प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले जुगल हिमालको आरोहण गर्न लागेको नेपाल-दक्षिण कोरिया संयुक्त टोलीलाई नेपालको झन्डा हस्तान्तरण कार्यक्रममा दक्षिण कोरिया भ्रमणबारे जानकारी दिएका थिए ।

दाहाललाई संयुक्त राष्ट्रसंघको अधिवेशन ७८ औँ महासभाका दौरान न्युयोर्कमा दक्षिण कोरियाका राष्ट्रपति योन सुक योलले भ्रमणको निम्तो दिएका थिए । सोहीअनुसार भ्रमणको तयारी भइरहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस