प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर जसपा फुटाइयो : उपेन्द्र यादव « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर जसपा फुटाइयो : उपेन्द्र यादव


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर आफ्नो दल फुटाइएको दाबी गरेका छन् ।

आफ्नो दलबाट फुटेर अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल जनता समाजवादी पार्टी अवैधानिक भएको समेत उनले दाबी गरे ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अमेरिका भ्रमणमा रहेका बेला जसपा फुटेको थियो । अशोक राईको नेतृत्वमा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष यादवले नयाँ दल दर्ता असंवैधानिक भएको बताए । राजनीतिक दलसम्बन्धी कानुन नभएको अवस्थामा रातारात दल दर्ता गरेको भन्दै उनले यसविरुद्ध अदालत जाने समेत बताए ।

काँग्रेस र एकीकृत समाजवादीसँग मिलेर नयाँ सरकार बनाउन खोजेको हल्ला गलत भएको उनले दाबी गरे ।

यो सरकार बनेदेखि काँग्रेसका कसैसँग भेट समेत नभएको भन्दै यादवले भने, ‘यो सरकार ढालेर अर्को सरकार बनाउँदै छ भन्ने अत्यन्त कपोलकल्पित हल्ला थियो । त्यस किसिमको कुनै आवश्यकता पनि थिएन, प्रयास पनि थिएन ।’

Tags :
प्रतिक्रिया दिनुहोस