देशमा राष्ट्रियताको विषय कमजोर देखियो : मन्त्री उप्रेती  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

देशमा राष्ट्रियताको विषय कमजोर देखियो : मन्त्री उप्रेती 


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताएका हुन् ।

उनले विभिन्न व्यक्तिहरूले बैंकको किस्ता तिर्न नसक्दा र बच्चाहरूको फी तिर्न नसक्दा समेत राष्ट्रियताप्रति प्रश्न उठाउने गरेको भन्दै राष्ट्रियतालाई सस्तो विषय नबनाउन आग्रह गरेका छन् ।

उनले आफ्नो मौलिकता, संस्कृति र परम्परामाथि समेत प्रहार गर्ने गरिएको भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताए । उनले विगतमा जस्तो सीमामा तरबार लिएर बसेमात्रै राष्ट्रिय सुरक्षा नहुने भन्दै अहिले वातावरण, भोकमरी लगायतका कुराहरूसँग पनि लड्दै राष्ट्रिय सुरक्षा कायम गर्नुपर्ने अवस्था रहेको बताए । उनले सुरक्षाको सवालमा ‘होल अफ द नेशन’को अवधारणाले मात्रै काम गर्ने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस