ग्यारेजमा आगलागी हुँदा करोडौँको क्षति « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

ग्यारेजमा आगलागी हुँदा करोडौँको क्षति


२५ बैशाख २०८१, मंगलबार


आगलागी

दैलेख । दैलेखको नयाँ बजारमा रहेको ग्यारेजमा आगलागी हुँदा तीन वटा पसल जलेर नष्ट भएका छन् । वडा नम्बर १ स्थित साजनमोटर पार्ट्समा आगलागी हुँदा इलेक्ट्रोनिक्स पसल र कपडा पसलमा समेत सल्किएको थियो ।

आगलागीले एक करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

ग्यारेजबाट सल्किएको आगोले अन्य दुई पसलमा पनि नोक्सानी पुर्‍याएको बताइएको छ । मोटर पार्ट्स मर्मत गर्दागर्दै सल्किएको आगोले दमकल कुर्दाकुर्दै तीनवटै पसल जलेर नष्ट भएको प्रहरीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस