चिनीको मूल्यमा स्थिरता कायम गर्न माग गर्दै उद्योग मन्त्रीलाई ध्यानाकर्षण पत्र « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

चिनीको मूल्यमा स्थिरता कायम गर्न माग गर्दै उद्योग मन्त्रीलाई ध्यानाकर्षण पत्र


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको ध्यानाकर्षण गराएको छ ।

चिनी उत्पादनमा आत्म-निर्भर हुँदै निर्यात गर्न सक्ने पर्याप्त सम्भावना रहँदा समेत राष्ट्रिय मागको करिब ६० प्रतिशत चिनी मात्र आन्तरिक उत्पादनले धानेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

रास्वापाको उद्योग तथा वाणिज्य विभागका प्रमुख गणेश पराजुलीको नेतृत्वमा गएको टोलीले गत वर्ष समयमा नै चिनी मौज्दातको पर्याप्त व्यवस्थापन गर्न सरकार चुकेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

सरकार व्यवस्थापनमा चुक्दा दसैँ र तिहारको २२० रुपैयाँ सम्म प्रतिकेजी चिनिको मूल्य परेको जनाइएको छ । अभावको समयमा कालोबजारी र चोरी आयातले प्रसय पाउँदा भन्सार कर प्राप्तिबाट पनि वञ्चित हुनु परेको तथ्य मन्त्री भण्डारीलाई रास्वपाले देखाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस