२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षको बाँकी कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीको सिकाइ उपलब्धिमा पार्ने प्रभावलाई समेत ख्याल गर्ने भएको छ ।

मन्त्रालय स्तरको विकास समस्या समाधान समितिको बैठकले आगामी दिनमा मन्त्रालय र मन्त्रालयसम्बद्ध निकायले प्रगति विवरण पेश गर्दा खर्च विवरणका साथै प्राप्त नतिजा, प्रमुख सिकाइ र सान्दर्भिक कार्यक्रमका उपरी लागतसमेत उल्लेख गर्ने निर्णय पनि गरेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा भएको सो बैठकले सञ्चालित कार्यक्रमका सम्बन्धमा विभिन्न संस्थाले गरेका अनुसन्धानका निष्कर्षलाई पृष्ठपोषणका रूपमा लिई कार्यक्रम प्रस्ताव तथा कार्यान्वयन गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

यस्तै मन्त्रालय र सम्बद्ध निकायले आफ्नो निकायमा रहेका अनुसन्धान हेर्ने शाखामार्फत आफूले प्रदान गर्ने सेवाका सम्बन्धमा सरोकारवाला (विद्यार्थी, अभिभावक, शिक्षक र व्यावसायिक समुदाय) माझ सर्वेक्षण गर्ने र सोको प्रतिवेदन मन्त्रालयमा पेश गर्ने र बजेट लाइन आइटममा रहेको दोहोरोपनाका सम्बन्धमा पुनरावलोकन गरी समन्वयमा सुधार गर्ने बैठकले निर्णय गरेको छ ।

सबै निकायले साप्ताहिक लगफ्रेम बनाई कार्यान्वयन गर्ने र निर्धारित उद्देश्यहरू अनिवार्य रूपमा पूरा गर्ने र तोकिएका कामहरू पूरा नगर्ने तर कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अङ्क प्रदान गर्ने पद्धतिको अन्त्य गर्ने पनि निर्णय भएको छ ।

यसैगरी प्रधानमन्त्रीको अध्यक्षतामा हुने आगामी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा चिकित्सा शिक्षाका विभिन्न विषयमा अध्ययनका लागि प्रदान गरिने छात्रवृत्तिका कारण राज्यकोषमा ठूलो व्ययभार पर्न जाने देखिएकाले सो सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव दिन कार्यदल गठन गर्ने विषय प्रस्ताव गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस