विश्व बैंकले नेपाललाई ८० मिलियन डलर उपलब्ध गराउने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

विश्व बैंकले नेपाललाई ८० मिलियन डलर उपलब्ध गराउने


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । वित्तीय क्षेत्रको सुदृढीकरण र वित्तीय सेवामा पहुँच बढाउन विश्व बैंकले नेपाललाई ८० मिलियन डलर उपलब्ध गराउने भएको छ।

वासिङ्टनस्थित विश्व बैंकले मंगलबार नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न,वित्तीय क्षेत्रमा देखिएका समाधानलाई विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच बढाउन उक्त रकम बराबरको विकास नीति ऋण स्वीकृत गरेको हो ।

यसले तेस्रो फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिटले निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिलाई समर्थन गर्न वित्तीय क्षेत्रको कार्यप्रणालीमा सुधार गर्ने लक्ष्य राखेको छ । सो परियोजना सञ्चालनले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने विश्वास लिइएको छ ।

यससँगै, पूँजी, बीमा र विपद् जोखिम बजारमा वित्तीय उत्पादनको आविष्कारलाई बढावा दिने बताइएको छ । यस अभियानले महिला उद्यमीहरूलाई केन्द्रित गर्दै डिजिटलाइजेसन,परिष्कृत ऋण पूर्वाधार र सुधारिएको वित्तीय साक्षरतामार्फत वित्तीय समावेशीकरणमा पनि वृद्धि गर्ने अपेक्षा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस