रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गरिने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गरिने


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरूले गरेको भेटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्ता बताएका हुन् ।

रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने उनको भनाई छ ।

नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गन आफू प्रतिबद्ध रहेको बताए । युद्ध मैदानमा रहेका नेपालीहरूसँग आफूले फोनमा कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरूको अवस्थाबारे कूटनीतिक च्यानलमा निरन्तर छलफल भइरहेको जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस