२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्धशान्तिका किसान बायोग्यासतर्फ आकर्षित

अ+ अ-

सुरुङ्गा (झापा) । बुद्धशान्ति गाउँपालिकामा बायोग्यास प्रयोगकर्ता बढेका छन् । किसानका लागि वडाले अनुदान कार्यक्रम ल्याएपछि पशुपालक किसानले बायोग्यासको प्रयोग बढाएका हुन् । 

बुद्धशान्ति गाउँपालिका-१ मा यो कार्यक्रम लागू भएसँगै बायोग्यास प्रयोगकर्ता बढेको वडाध्यक्ष अनिल वाग्लेले बताए। वडाको दीर्घकालीन योजनाअन्तर्गत किसानलाई रु १० हजार अनुदान दिएपछि आर्थिक वर्ष २०८०/८१ मा बायोग्यास जडान गर्न किसान आकर्षित भएका हुन् । बुद्धशान्ति वडा नं १ ले पशुपालनका लागि किसानलाई प्रोत्साहन गर्दै ऊर्जाका लागि हुँदै आएको खर्च कटौती पनि हुने र २० वर्षमाथि टिकाउ हुने गोबरग्यास निर्माणमा प्रतिप्लान्ट रु १० हजार अनुदान सहयोग गरेको हो । 

पशुपालक किसानलाई सुविधा होस् भनेर वडाले गाईभैँसीको ‘एआई’ सेवामा सहुलियत दिएको वडाध्यक्ष वाग्लेले बताए । कृत्रिम गर्भाधान सेवामा किसानको रु एक सय र बाँकी रु तीन सय वडाले सहुलियत दिइरहेको वडाध्यक्ष वाग्लेले बताए। वडा कार्यालयको अनुदान रकमको व्यवस्थापन, लोक कल्याण बायोग्यास कम्पनी र मुनाल बायोग्यास कम्पनीसँगको सहकार्यमा वडा नं १ का २९ घरमा गोबरग्यास प्लान्ट स्थापना गरिएका छन् । एक परिवार बराबर वार्षिक रूपमा रु २० देखि ३० हजारको ग्यास खपत हुने गरेको बताइएको छ । 

किसानको मागलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षमा पनि अनुदानको व्यवस्था गरिने वडाध्यक्ष वाग्लेले बताए । घरघरमा बायोग्यास जडान गरिएसँगै सिलिण्डरको ग्यास खपत घट्ने मुनाल बायोग्यास कम्पनीका महाप्रबन्धक श्याम खनालले बताउछन् । बायोग्यास प्रयोगमा किसानलाई दोहोरो फाइदा हुने बताउँदै उनले भने, ‘बायोग्यास प्रयोग गर्दा बिनालगानी लामो समयसम्म ग्यास प्रयोग गर्न सकिने र गोबरबाट कम्पोष्ट मल बनाउन सकिने हुँदा किसानलाई दोहोरो फाइदा हुन्छ ।’ 

विश्वमा बढ्दै गएको ऊर्जा सङ्कटलाई सम्बोधन गर्न बायोग्यास प्लान्टको भूमिका महत्त्वपूर्ण हुने देखिएको छ । कार्बन उत्सर्जनमा समेत सहयोग गर्ने बायोग्यासमा मिथेन ग्यास खपत भई मलका लागि आवश्यक सम्पूर्ण तत्त्व यथावत रहने हुँदा किसानलाई फाइदा पुग्ने नेपाल बायोग्यास प्रवर्द्धन सङ्घ कोशी प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले बताए । 

लोक कल्याण बायोग्यास कम्पनी, मुनाल बायोग्यास कम्पनी तथा वडा कार्यालय र उपभोक्ताको त्रिपक्षीय कार्यक्रमअन्तर्गत कुल रु २१ लाख २४ हजारको लागतमा २९ घरमा बायोग्यास स्थापना भइरहेका छन् । 

गोबरग्यास प्लान्ट स्थापना गर्न वडा कार्यालयको सहयोगबाट राहत पुगेको बताउँदै समय र पैसा बचत भएको मात्र होइन सङ्कटमा समेत सहज हुने स्थानीय पदम भुर्तेलले बताए। वडाले राम्रो काम गरेकाले यस कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।