आईपीएलमा आज दिल्ली र राजस्थान भिड्दै  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आईपीएलमा आज दिल्ली र राजस्थान भिड्दै 


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा आज दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्दैछ । 

खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५६औँ खेल हो । 

आईपीएलको जारी सिजनमा राजस्थानले खेल्न लागेको यो ११औँ खेल हो । दिल्लीले भने १२औँ खेल खेल्न लागेको हो । जारी सिजनको आईपीएलमा दिल्लीभन्दा राजस्थान निकै बलियो देखिएको छ । यसअघि खेलिएको १० मध्ये आठ खेलमा राजस्थान विजयी भएको छ ।

राजस्थान केवल दुई खेलमा पराजित भएको छ । १६ अंकसहित राजस्थान तालिकाको दोस्रो स्थानमा आसिन छ । दिल्लीले भने यसअघि खेलिएको ११ मध्ये पाँच खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । दिल्ली १० अंकसहित तालिकाको छैटौँ स्थानमा छ । 

Tags :
प्रतिक्रिया दिनुहोस