चट्याङ लागेर एक बालकको मृत्यु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

चट्याङ लागेर एक बालकको मृत्यु


२५ बैशाख २०८१, मंगलबार


अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए । 

चट्याङले एकै परिवारका तीन घाइते, घर नष्ट

यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीन जना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ  ।

Tags :
प्रतिक्रिया दिनुहोस