मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन


२४ बैशाख २०८१, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा अगाडि मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन गरेको छ ।

केन्द्रीय बैंकले गत वर्ष मौद्रिक नीति तर्जुमा कार्यविधि प्रथम संशोधन मार्फत वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष सुरु भएको सात दिनभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गर्ने व्यवस्था गरेको थियो ।

तर, त्यसलाई पुनः संशोधन गर्दै मौद्रिक नीति समीक्षा त्रैमास सकिएको ४५ दिनपछि मात्रै सार्वजनिक गरिने भएको छ ।

२८ माघ २०८० मा बसेको नेपाल राष्ट्र बैंक व्यवस्थापन समिति बैठकले कार्यविधि संशोधन गर्दै वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था गरेको छ ।

मौद्रिक नीति तथा समीक्षा सार्वजनिक गर्ने समय व्यावहारिक बनाउन कार्यविधि संशोधन भएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले जनाएको छ । 

चैत मसान्तसम्मको आर्थिक तथा वित्तीय क्षेत्रको तथ्याङ्क सङ्कलन भइरहेकाले जेठ पहिलो सातासम्म मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस